इटहरी : इटहरी बजार क्षेत्रमा नेपाली सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुँ भन्दै सर्वसाधारणहरुलाई ठगी गर्ने नक्कली उपसेनानी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार रेड मर्करीको व्यापारबाट फाइदा हुन्छ, मिलेर व्यापार गरौं भन्दै रकम असुल गरी ठगी गर्दै हिड्ने नक्कली लेफ्टिनेन्टसहित २ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा लेफ्टिनेन्ट भन्दै हिड्ने पर्साको ठोरी गाउँपालिका ५ का २८ बर्षीय शिवकुमार कार्की र उनका सहयोगी सिन्धुलीको दुधौली नगरपालिका ८ का ३८ बर्षीय बसन्तकुमार खड्का रहेका छन् ।
कार्कीको कम्ब्याक्टमा भने नाम शिवजंग कार्की लेखिएको थियो ।
प्रहरीका अनुसार दुई साताअघि इटहरी बजार क्षेत्रमा सेनाको उपसेनानी हुँ भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरी ठगी गर्दै हिडेको बिशेष सुचना ईलाका प्रहरी कार्यालय इटहरीले पाएको थियो ।
नेपाली सेनाको उप सेनानीको दज्र्यानी चिह्नसहितको कम्ब्याक्ट लगाएको व्यक्तिमाथि शंका लागेर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नक्कली सेना बनेर रेड मर्करीका कारोबार गर्ने भन्दै रकम असुल गरिरहेको खुलेको थियो ।
उनको साथबाट ३३ हजार ४ सय ५० रुपैया र विभिन्न बैंकको एटिएम कार्ड र आइएमई गरेको रसिद पनि प्रहरीले वरामद गरेको जनाएको छ ।
यस्तै, उनले रेड मर्करीको व्यापार र यसको फाइदाको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको भेटिएको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post