Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या
69
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसमा विराटनगरका ६९ वर्षीय ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आरोपकै कारण आक्रोशित बनेका व्यक्तिले गुप्तालाई आफ्नै घरमा खाना खान बोलाएर हत्या गरेको र शव सुनसरीको केसेलिया खोलामा फालेको खुलेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ३६ वर्षीय अफरोज आलम (अब्जर मियाँ) र १३ तथा १६ वर्षका दुई बालक रहेका छन् । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार गुप्ता र मियाँबीच पसलबाट सामान चोरी गरेको विषयलाई लिएर विवाद हुँदै आएको थियो । विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्कसपबाट पानी तान्ने मोटरको तार चोरी गरेको आरोप गुप्ताले लगाएको विषयले विवाद चर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरीको आरोपले आफ्नो मानहानी भएको ठानेका मियाँले गुप्ताप्रति आक्रोश राख्दै आएका थिए । सोही रिसका कारण हत्या गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

अनुसन्धानमा खुलेअनुसार मियाँले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए । घर पुगेपछि दुवैले मदिरा सेवन गरेको र त्यसक्रममा मियाँले बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए । त्यसपछि फलामको रडले समेत प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी मल्लले जानकारी दिए ।

हत्या गरेपछि घटना लुकाउने उद्देश्यले शव बोरामा राखेर सिटी सफारीमा सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा लगेर फालिएको प्रहरीको भनाइ छ ।

आइतबार बिहान स्थानीय बासिन्दाले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । शवको पहिचान गर्ने क्रममा मृतक विराटनगरमा लामो समयदेखि ब्याट्री व्यवसाय गर्दै आएका गुप्ता भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

भारतको उत्तर प्रदेशस्थित वाराणसी स्थायी घर भएका गुप्ता करिब ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए । उनी विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार उनी विराटनगरमा एक्लै बस्दै आएका थिए ।

घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरी र मोरङको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको भनिएको जिआई पाइप, मृतकले प्रयोग गर्ने मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेटलगायत सामग्री बरामद गरेको जनाएको छ ।

पक्राउ परेका मियाँमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । दुई बालकको घटनामा रहेको भूमिका र उनीहरूको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रत्येक व्यक्तिको भूमिका, हत्या हुनुको कारण र शव व्यवस्थापनमा उनीहरूको संलग्नताबारे थप अनुसन्धान जारी रहेको एसपी मल्लले बताए ।

Tags: #हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विनोद कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित...

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते
विविध

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन् । इटहरी–धरान सडकखण्डअन्तर्गत आर्मी...

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३
कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी नायब निरीक्षक कार्की असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

कार्तिक ११, २०८३
इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

इटहरीमा टायल झार्दा च्यापिएर दुई जना घाइते

कार्तिक ११, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    300 shares
    Share 120 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.