लागुऔषध खैरो हिरोइनसहित इलामबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी रहेको प्रहरी चौकी दानाबारीले जनाएको छ ।
प्रहरीका अनुसार माई नगरपालिका ४ लखनचोकमा सवारी चेकजाँचका क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ जादै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकलमा सवार रमेशको साथबाट प्रहरीले ४५० मिलिग्राम लागू औषध खैरो हिरोईन बरामद गरेको हो ।
बरामद सहित लागुऔषध पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा बुझाई थप अनुसन्धान भई रहेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।














Discussion about this post