इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिगठनको निर्णय असंबैधानिक कदम भएको धारण बनाउदै नेपाल पत्रकार महासंघ सुनसरीको साधारणसभा सम्पन्न भएको छ ।
महासंघको इटहरीमा सम्पन्न १२ औँ साधारणसभाले यस सम्बन्धि प्रस्ताव पारित गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । सभामा अग्रज पत्रकार भवानी बरालको संयोजकत्वमा गठित समसामयिक प्रस्ताव मस्यौदा समितिले तयार पारेको प्रस्ताव बृहत छलफलपछि पारित गरेको थियो ।
प्रधानमन्त्रीको कदमले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गर्दा जनताका मौलिक हक हनन हुनुका साथै प्रेस अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक, लोकतन्त्र जस्ता व्यवस्थाहरु खारेज हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
यसअघि प्रधानमन्त्रीले असंबैधानिक कदम चालेकै दिन पुस ५ गते नेपाल पत्रकार महासँघ केन्द्रिय समितिले एक विज्ञप्ति प्रकाशित गरी उक्त कदमको विरोध गरिसकेको छ ।
केन्द्रिय समितिले असंबैधानिक कदमको विरोधमा विभिन्न गतिविधि गर्न गराउन प्रदेश समिति मार्फत जिल्लाहरुलाई परिपत्र पनि जारी गरिसकेको छ ।
साधारणसभामा प्रमुख अतिथि महासँघका केन्द्रिय महासचिव रमेश विष्टले भविष्यमा समाचार लेख्ने, मिडिया सञ्चालन गर्ने र आफ्नो कुरा स्वतन्त्रतापुर्वक व्यक्त गर्ने अवसर समेत खोसिन सक्ने अवस्था रहेकोले सचेत हुनुपर्ने बताएका थिए ।














Discussion about this post