Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

पतिको मृत्यु भएको दुई महिनामै छोरीको बलात्कारपछि हत्या !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७७
in टाकुरा विशेष, समाचार
0
पतिको मृत्यु भएको दुई महिनामै छोरीको बलात्कारपछि हत्या !
653
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : पतिको मृत्यु भएको दुई महिना पनि भएको छैन । पति गुमाएको बज्रपात नमेटिदैँ आफ्नी छोरीको बलात्कारपछि हत्या हुँदा कुन आमाको मन नरोला ! यतिबेला बैतडीकी ४५ वर्षीय द्रोपती भट्ट ठूलो शोकमा छिन् । उनी मात्रै नभएर सिंगो गाउँ नै शोकमा डुबेको छ ।

दुई छोरीको विवाह भइसकेको र छोरा भारतमा मजदुरी गर्दै आएका भट्ट परिवारमा द्रोपतीको साथमा छोरी भागरथी मात्रै थिईन् । तर, उनको पनि मृत्यु भएपछि अहिले एक्लो घरसँग शोक मनाइरहेकी छिन् द्रोपती । एक्लो घर सँगै उनको दैनिकी बितिरहेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन् ।

घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ ।

बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखेपछि उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे ।

गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले भने, ‘मान्छे मारेर फालेको खबर पाएपछि म पनि गएँ, भागरथीकै शव रहेछ ।’ उनको बीभत्स किसिमले हत्या गरिएको उनले बताए ।

प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टाउकोमा चोट लागेको छ, घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिन्छ भने हातमा कोतरिएको छ ।

यौनाङ्गमा रगत बगेको समेत पाइएको भागरथीको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यद्यपि, प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ ।

प्रहरीका अनुसार रिपोर्ट आउन केही दिन लाग्छ ।

Tags: #बलात्कार#हत्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले
विविध

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

भोजपुर जिल्लाकाे भोजपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र सुन्तले । यो स्थल भोजपुर सदरमुकामबाट करिव १० किलोमिटर दुरीमा पर्दछ । तस्बिर :...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

झापा : झापामा मानव–हात्ती द्वन्द्वले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासीको आक्रोश वन्यजन्तुतर्फ नभई समस्या समाधान गर्न नसकेका निकायहरूप्रति केन्द्रित...

इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३
हात्तीबाट बाली जोगाउन विकल्प खोज्दै झापाका किसान

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जेष्ठ ३१, २०८३
‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.