मोरङको कानेपोखरीमा एक किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
नसालु पदार्थ खुवाएर १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरी पक्राउ परेका हुन् ।
कानेपोखरी–२ चिसाङ्ग खोला नजिक किराना पसल सञ्चालन गर्दै आएका चौधरीले दुई साताअघि चिनजान भएकी ती किशोरीलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको खुलेको छ ।
‘घर पुगेपछि कोठाभित्र लगे । ढोकाको चुकुल लगाएर मदिरा खुवाएपछि म बेहोश भए । त्यसपछि राती के–के भयो, मलाई थाहा छैन ।’ पीडित किशोरीले भनिन् ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पथरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ ।














Discussion about this post