धूलो भएको भन्दै इटहरीको मुख्य चौकमा यहाँका व्यवसायीहरुले ढाट लगाएर अवरुद्ध गरेका छन् । इटहरी–विराटगर लाइनका स्थानीयले धूलोका कारण सास्ती खेप्नुपरेको भन्दै हाई–वे अवरुद्ध गरेका हुन् ।
रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकको निर्माण कार्य ढिलो भएको र सडकको कारण धूलोले समस्या भएको भन्दै व्यवसायीहरुले सडक अबरुद्ध गरेका हुन् ।
सवारी साधनले उडाएको धूलोले स्थानीय व्यवसायी र घरवाला मात्र नभई सडकमा हिड्ने सबै मानिस समस्यामा परेको कारण आदोलन गर्न बाध्य भएको स्थानीबासीको भनाई थियो ।
‘मन्त्रीहरु इटहरीको मुख्य चौक हुँदै दैनिक आवत–जावत गर्छन् । त्यो सडकमा धुलोले हैरान पार्छ । केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ’ स्थानीय व्यापारी घनेन्द्र शाहले भने, ‘त्यसले गर्दा दैनिक यात्रुहरूले सास्ती बेहोर्नु परेको छ ।’ चालकले सहज रूपमा सवारी साधन चलाउन पनि नसक्ने उनको भनाई थियो ।
व्यवसायीहरुले सडक अबरुद्ध पारेपछि सवारीमा आवतजावत गर्ने सर्वसाधारणहरुले भने सास्ती खेपेका छन् ।














Discussion about this post