मोरङको राजवंशी टोलमा बस्ने एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राती शौचालय जान भनि घर बाहिर निस्किएकी १४ बर्षिया बालिकामाथि जबजस्ती बलात्कार भएको पीडित बालिकाका परिवारले बताएका छन् ।
रातको समयमा शौचालय जानका लागि निस्कीएकी ती बालिकालाई मोटरसाईकलमा आएका २ जना युवाले जबरजस्ती बालिकाको मुख थुनेर मोटरसाईकलमा लगेर जबरजस्ती करणी गरेको पीडितका आफन्तले बताएका छन् ।
बालिकालाई घरदेखि टाढा रानी भेडयारीको मकैबारीमा लगेर जबरजस्ती करणी गरेको र यो कुरा कसैलाई भनिस भने मार्दिन्छु सम्म भन्ने धम्की दिएको बताइएको छ । ।
घटना भए लगतै पीडित परिवारले माईती नेपाल र ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी दिएका छन् । घटनाबारे ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी परिसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानी विराटनगरले जानएको छ ।














Discussion about this post