Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका एक व्यक्ति ठगी गरी फरार, खोजी गर्न प्रहरीको आनाकानी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २९, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका एक व्यक्ति ठगी गरेर फरार भएका छन् । इटहरी २ हवाई चौक नजिकै फर्निचर सञ्चालन गर्दै आएका एक व्यक्तिले नगद रकम सहित अन्य सामान समेत ठगी गरेर फरार भएका हुन् ।

इटहरीका कृष्णप्रसाद रेग्मी, अनिता बराल, रत्नमान तामाङ, खेम रेग्मी लगायत दर्जन बढी मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर ठगी गर्ने सप्तरी घर भएका रामकुमार यादवले ठगी गरेर फरार भएका हुन् ।

३२ वर्षीय यादवले फर्निचरका सामान बनाउने भन्दै नगद रकम र काठका सामान ठगेर फरार भएको भनी ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको छ ।

माघ १८ गते उनीबिरुद्ध ठगी सम्बन्धी उजुरी दर्ता भएपनि खोजी गर्नका लागि इटहरी प्रहरीले आनाकानी गरेको पीडितको आरोप छ ।

‘घरमा चौकस, पल्ला बनाउनका लागि दिएको काठ बेचेर फरार भएका छन्,’ पीडितमध्येका कृष्णप्रसाद रेग्मीले भने, ‘फर्निसिङका लागि बनाउन चाहिने नगद रकम समेत लिएर फरार भएको र हामीले उजुरी गरेपनि खोजी भएको छैन ।’
यादवले विभिन्न पटक गरी रेग्मीसँग नगद तीन लाख रुपैँया लिएका थिए । तर, उनीसँग रकम लिएपछि यादवले फर्निसिङका सामान नबनाई नगद रकम लिएर फरार भएको उनले बताए ।

इटहरी २ कै अनिता बरालसँग एक लाख चालीस हजार, इटहरी २ कै रत्नमान तामाङसँग पन्ध्र हजार र मोरङ बेलबारी २ का खेम रेग्मीसँग बीस हजार ठगी गरेको प्रहरीमा उजुरी परेको छ । इटहरी प्रहरीले उजुरी दर्ता गरेपनि खोजी गर्नका लागि आनाकानी गरेको पीडितको आरोप छ ।

‘प्रहरीमा उजुरी दर्ता भइसकेपनि खोजी गर्न ढिलासुस्ती भयो,’ उनले टाकुरासँग भने, ‘हामीले बारम्बार प्रहरी गुहार्दा पनि वास्ता नै गरिदैँन, पीडकलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि माग गर्दछौँ ।’

प्रहरीकहाँ ठगी गरी फरार रहेकाले खोजी गरी आवश्यक कारबाही गरी पाउँ भनी चारजनाको निवदेन परेको छ ।

पीडक यादवले यसअघि पनि अन्य मानिसलाई विभिन्न प्रलोभन देखाएर फर्निचरका सामानमा ठगी गर्ने गरेको पीडितको दाबी छ । यादवले करीब एक वर्ष अगाडि इटहरी २ को हवाई चौक क्षेत्रमा फर्निचर बनाउने भनी पसल खोलेपनि अहिले बस्दै आएको कोठा समेत छाडेर फरार रहेका छन् ।

यस विषयमा ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले भने आर्थिक लेनदेनको विषय प्रहरीले नहेर्ने प्रतिक्रिया दिए ।

‘त्यो बिशुद्ध लेनदेनको कुरा हो, आर्थिक लेनदेनको विषय प्रहरीले हेर्दैन,’ उनले टाकुरासँग भने, ‘हामीले दुवै पक्षलाई बोलाएर छलफल गराइदिने हो, अहिले त्यो मानिस यो एरियामै छैन ।’ उनले न्यायिक समितिमा जानुपर्ने उजुरी प्रहरीकहाँ आएको बताए । यद्यपि, आफूहरुले खोजी कार्य गरिरहेकोले पत्ता लागेमा उपस्थित गराई दुवै पक्षबीच छलफल गराइने केसीले बताए ।

Tags: #इटहरी#इटहरी प्रहरी#ठगीटाकुरा विशेषफरार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.