तरहरा : इटहरी २० तरहरामा रहेको नवसुन्दर युवा क्लब सामाजिक काममा सक्रिय बन्दै गएको छ ।
पछिल्लो समय तरहराका विभिन्न क्षेत्रमा सरसफाई कार्यक्रम गर्दै आएको क्लबका अध्यक्ष हिमान्चल कुमार भुजेलले बताए ।
तत्काल सरसफाई कार्यक्रमबाट सुरु गरिएपनि समाजमा भएका नकारात्मक कुराको निर्मूलीकरणका लागि आफूहरु लागि पर्ने उनले बताए ।
उनले भने, ‘हामीले लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि पनि विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेका छौँ, अहिलेको सरसफाई कार्यक्रमलाई पनि निरन्तरता दिइने छ ।’
क्लबले यसअघि विभिन्न सामाजिक काममा सक्रिय रुपमा काम गर्दै आएको भएपनि पछिल्लो समय कोभिडका कारण काम गर्न समस्या भइरहेको उनले बताए ।
आगामी दिनमा सामाजिक कामलाई निरन्तरता दिइने भुजेलले बताए ।












Discussion about this post