इटहरी : करीब १० महिना सम्म कोरानाले थिलथिलो बनेको होटल व्यवसायीहरुले ग्राहकहरुलाई आर्कषित गर्नका लागि भ्यालेन्टाइन अफरै अफर ल्याएका छन् ।
आज अर्थात् फेब्रुअरी १४ फागुन २ गते भ्यालेन्टाइन डे लाई युवापुस्ताले मनोरञ्जनका रुपमा लिने गरेका छन् । प्रणय दिवसको दिन आज प्रदेश १ का होटलहरुले बिभिन्न अफर सञ्चालन गरेर युवा पुस्तालाई आकर्षित गरेका छन् ।
इटहरीको सबैभन्दा पुरानो र स्तरीय होटलका रुपमा रहेको रोयल रिसोर्टले समेत आजको दिन अफर सञ्चालन गरेको छ ।
रिसोर्टले आजैका दिन देखि रोयल ट्रपिकल नया आउट लेट समेत सञ्चालनमा ल्याएको छ ।
जस अन्तरगत बाहिर बसेर प्राकृतिक मौसममा रमाउँदै एक पटकमा तीन दर्जन बढीले एकै साथ खानपिन गर्न सकिने व्यवस्था छ ।
रिसोर्टका अपरेशन म्यानेजर आरोन कार्कीका अनुसार अफर संगै सबै प्रकारका खानपिनमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यस्तै, इटहरीमै रहेको चिन्तन चौतारीले पनि आज विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको छ ।
यता इटहरीमै गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटलले पनि भ्यालेन्टाइन साँझको आयोजना गरेको जनाएको छ ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले पर्यटन व्यवसायको प्रर्बद्धनका लागि विभिन्न होटलहरुले ल्याएको अफरले सकारात्मक प्रभाव पार्ने बताए ।














Discussion about this post