इटहरी : तरुण दल सुनसरीका उपाध्यक्ष सुखदेव राई र स्थानीय व्यवसायी भीषण राईले अनाथ आश्रमलाई सहयोग गरेका छन् ।
ईलामको अनाथ आश्रममा रहेका बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उदेश्यले आफूहरुले नगद रकम सहयोग गरिएको तरुण दल सुनसरीका उपाध्यक्ष सुखदेव राईले बताए ।
उनका अनुसार ईलाम नगरपालिका ९ स्थित गोलाखर्कमा रहेको अनाथ आश्रमलाई नगद बीस हजार रुपैँया हस्तान्तरण गरिएको हो । यहाँ रहेका १७ जना अनाथ बालबालिकाका लागि पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले सहयोग रकम हस्तान्तरण गरिएको उनले बताए ।
एकदिनभरी अनाथ बालबालिकाहरुलाई घुमाउने, खाना खुवाउने जस्ता कार्यक्रम आयोजना गरेपश्चात सहयोग रकम हस्तान्तरण गरिएको उनको भनाई थियो ।
बालबालिकाहरुलाई ईलामको सन्दकपुर गाउँपालिकामा रहेको रमिते डाँडामा एकदिन घुमाएर, खाना खुवाइसकेपछि सहयोग रकम हस्तान्तरण गरिएको थियो ।












Discussion about this post