मोरङ : लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मोरङ बेलबारी ११ का ४३ वर्षीय प्रकाश बस्नेतलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
आज दिउँसो १ बजे विराटनगर १६ बाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल, फेनारगन १४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post