इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले हराएका तथा चोरी भएका तीन सय ६४ थान मोबाइल फिर्ता गरी सम्बन्धित धनीहरुलाई बुझाएको छ ।
सी.डी.आर शाखामार्फत मोबाइल खोजी सुरु गरेपछि जाहेरी दिनेको संख्या बढ्न थालेको छ ।
प्रहरीका अनुसार एक वर्षको अवधिमा हराएका कुल तीन सय ६४ थान मोबाइल विभिन्न अनुसन्धानबाट फेला पारेर सम्बन्धित धनीहरुलाई बुझाइसकिएको छ ।
ईलाका इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार शुक्रबार मात्रै करीब तीन दर्जन मोबाइल सम्बन्धित धनीहरुलाई बुझाइएको छ ।
‘कुनै फोन छिट्टै फेला पर्छ भने, कुनै धेरै समय पनि लाग्छ, हामीले छोटो समय भनेको एक महिनाभित्र पनि फोन फेला पारेका छौँ । कुनै फानचाहिँ एक वर्षपछि फेला परेको रेकर्ड पनि छ’, उनले भने ।














Discussion about this post