धरान : खानेपानीको बारेमा धरान उपमहानगरपालिकाका पदाधिकारी र वीपी प्रतिष्ठानका पदाधिकारीबीच छलफल भएको छ ।
मंगलबार बसेको दुई पक्ष छलफलबाट प्रतिष्ठान सैदान्तिक रुपमा धरान खानेपानी व्यवस्थापन बोर्डसँग सहकार्य गरेर धरान खानेपानी व्यवस्थापन बोर्डले पानी सञ्चालन गर्न प्रतिष्ठान सहमत भएको हो ।
धरान उपमहानगरका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल, विपद् तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे र आयोजना बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल सहितको टोलीले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र प्रतिष्ठानका इञ्जिनियरहरुसँग खानेपानीको बारेमा छलफल गरेका हुन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले वीपी प्रतिष्ठानका पदाधिकारीहरुसँग खानेपानीको बारेमा छलफल गरिएको जानकारी दिए ।
उनले भने, ‘आज वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति, रेक्टर, रजिष्ट्रार र प्रतिष्ठानका निर्देशकसँग खानेपानीको बारेमा छलफल गरियो । र, त्यो छलफलमा विषेशगरी प्रतिष्ठानको मातहतमा रहेका जुन जुन संरचनाहरु छन्, खानेपानी संस्थानले मर्मत नगरेको, मर्मत नभएका कारण जति प्रोडक्सन हुनुपर्ने, त्यो प्रोडक्सन नभएको विषय भयो ।’
धरान खानेपानी व्यवस्थापन बोर्डले हाल संस्थान र आयोजनाको संरचना प्रयोग गरेर धरानबासीलाई पानी वितरण गर्न लागिपरेको छ ।














Discussion about this post