Tuesday, May 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, समाचार
0
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सरकारी कर्मचारीबीच ट्रेड युनियन खारेजीको विषय अहिले बहसको केन्द्रमा छ। एकातर्फ यसलाई सुधारको अवसरका रूपमा हेरिएको छ भने अर्कोतर्फ श्रमिक अधिकार कमजोर हुने चिन्ता व्यक्त गरिएको छ।

एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव प्रकाश राईले ट्रेड युनियन खारेजीबारे गम्भीर प्रश्न उठेको बताएका छन्। उनका अनुसार ट्रेड युनियन आन्दोलन जसका लागि हो, उनीहरू नै यसको खारेजी हुँदा उत्सव मनाउनु चिन्ताको विषय बनेको छ।

खासगरी केही व्यक्तिहरूले व्यक्तिगत फाइदाका लागि युनियनको दुरुपयोग गरेको स्वीकार्दै त्यसकै आधारमा सम्पूर्ण संरचना हटाउनु उपयुक्त नहुने उनले धारणा राखे।

राईले प्रणालीभित्र विकृति देखिए सुधार आवश्यक भए पनि “जुत्ता गन्हायो भनेर खुट्टा काटिँदैन” भन्ने तर्क अघि सारे।

उनका अनुसार ट्रेड युनियनका मोडलहरूमा सुधार र पुनर्संरचना गर्न सकिए पनि पूर्ण निषेध दीर्घकालीन समाधान नहुने बताए। उनले लोकतान्त्रिक प्रणालीभित्र ट्रेड युनियन अधिकार आधारभूत पक्ष भएकाले यसको अस्तित्व समाप्त नहुने जिकिर गरे।

‘ट्रेड युनियन आन्दोलन जसका लागि हो, उनीहरू नै किन यसको खारेजी हुँदा उत्सव मनाउने कुरा गर्छन्। जसले ट्रेड युनियनका नेताहरूलाई भगवान बनाएर सरुवा–बढुवाका सुविधामा विकृत फाइदा लिए, तिनै महानुभावहरू आज ट्रेड युनियन खारेजीको पक्षमा उफ्रिरहेको देख्दा समाजमा यस्तो वैगुण किन हुन्छ भनेर समाजशास्त्रको जिज्ञासु विद्यार्थीका रूपमा म घोत्लिन्छु,’ राईले भनेका छन्, ‘खराब गर्नेहरू त दण्डित हुन्छन् नै । हामी सच्चिनु त पर्छ नै । तर जुत्ता गन्हायो भनेर खुट्टा काटिँदैन, काटियो भने त्यो मूर्खता हुन्छ।’

यता, केही कर्मचारी र सरोकारवालाहरू भने युनियन गतिविधिले कार्यसम्पादनमा असर परेको, सरुवा–बढुवामा प्रभाव पारेको र संस्थागत अनुशासन कमजोर बनाएको आरोप लगाउँदै खारेजीको पक्षमा देखिएका छन्। उनीहरूका अनुसार निष्पक्ष प्रशासनका लागि राजनीतिक वा समूहगत दबाब घटाउन आवश्यक छ।

विज्ञहरूका अनुसार, ट्रेड युनियनको मूल उद्देश्य श्रमिक अधिकार संरक्षण भए पनि व्यवहारमा देखिएका विकृतिले यसको विश्वसनीयता कमजोर बनाएको छ।

सरकारले युनियनलाई पूर्ण खारेजभन्दा पारदर्शिता, उत्तरदायित्व र आन्तरिक सुधारमा जोड दिनुपर्ने सुझाव जानकारहरू बताउँछन्।

Tags: टाकुरा विशेषट्रेड युनियनप्रकाश राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ
FEATURE BREAKING

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब ५ बजेतिर इलाका प्रहरी कार्यालय...

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 
समाचार

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

मोरङ : मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख...

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३
हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३
अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

बैशाख २२, २०८३
आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३
मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1552 shares
    Share 621 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.