झापा : झापा दमक नगरपालिका ९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
आज दिउसो ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट गएको सयुक्त प्रहरीको टोलीले मेचीनगर नगरपालिका ६ मेची पुलमा चेकजाच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाले जनाएको छ ।














Discussion about this post