धरान : निमार्णका लागि सामान बाकेर आउदै गरेको ट्रिपरको ब्रेक फेल भएर दुर्घटना हुँदा धरान १३ को एक घरमा क्षति पुगेको छ र सोहि घरमा बस्ने बालक घाइते भएका छन् ।
को १ ख ७१३१ नम्बरको ट्रिपर ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । ढुवानीको सामान बोकेको ट्रिपर ब्रेक फेल भएर स्थानीय रविन राईको घरमा पस्दा १३ बर्षीय बालक रसन्त राई घाइते भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
घाइते भएका बालकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।














Discussion about this post