इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले घुसवापत लिएको रकमसहित औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई पक्राउ गरेको छ ।
२४ वर्षीय सरोज सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित अख्तियार इटहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको पुष्टि अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले पुष्टि गरे ।
मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत थिए । उनलाई विहीबार दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा समृद्धि फर्मा नामक औषधि पसलसँग उनले दुई लाख रुपैयाँ घुस लिएको खुलेको छ । घटना अनुसार औषधि पसलमा उपचार गराएका एक पुरुष व्यक्तिको गत वैशाख ५ गते मृत्यु भएको थियो ।
प्रहरीले पक्राउ गर्दै उनीविरुद्ध उपचारको कसूरमा कारबाही अघि बढाएको थियो । अनुसन्धानका क्रममा २६ दिन प्रहरी हिरासतमा बसेका ढुंगानाको मुद्दा विचाराधिन अवस्थामै छ ।














Discussion about this post