मोरङ : मोरङको जहदा–१ धुनीटोलमा ११ वर्षीया बालिकालाई ४५ वर्षीय पुरुषले जर्बजस्ती करणीको प्रयास गरेका छन् ।
गत ६ गते घरमा कोहि नभएको मौका छोपी स्थानीय राजेन्द्र सरबरियाले बालिकालाई मकैबारीमा लगेर जर्बरजस्ती करणीको प्रयास गरेको खुलेको छ ।
आरोपित सरबरिया भने फरार भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । घटनाको जानकारी नै ढिलो गरि दिएका कारण मुख्य आरोपि फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले पर्शुराम सरबरिया र सानदेव सरबरियालाई नियन्त्रणमा लिएर घटनाको विषयमा प्रारीम्भक अनुसन्धान कार्य सुरु गरेको जनाएको छ ।














Discussion about this post