धरान : अहिलेका चर्चित नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।
प्रधानको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निजि सुरक्षाकर्मी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।
कार्यक्रमका विषयमा छलफल गर्दा उनले दुव्र्यवहार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८–१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आक्रमण गरे ।’आफूमाथि आक्रमण भएपछि उजुरी गरेको उनले बताए । ‘
म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आक्रमण भएपछि उजुरी दिए ।’ साहले म्युजिक भिडियोको सुटिङ भने बिहीबार नै सकेका थिए ।














Discussion about this post