झापा : झापा मेचीनगर नगरपालिका ८ का ३० बर्षीय लिप्सु राजवंशीलाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउसो लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट गएको प्रहरी टोलीको सयुक्त टोलीले झापा मेचीनगर नगरपालिका ८ बाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान १ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
त्यसैगरि प्रहरी चौकी चारआली झापाबाट गएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ११ हडिया खोलामा शुक्रबार साझ चेकजाँचको क्रममा सोही स्थान बस्ने ३४ बर्षीय सन्जु कुमार कामीलाई लागुऔषध ब्राउनसुगर ३५० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।














Discussion about this post