मोरङ : मोरङको विराटनगर महानगरपालिका १८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौती रकम माग गर्ने तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका २० का २० बर्षीय रोहित मण्डल, विराटनगर १६ का अजय यादव र विराटनगर ६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् ।
उनीहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौती बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर ६ बाट सकुशल उद्धार गरेको हो ।
मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post