मोरङ : मोरङको सुनबर्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष नुरुल मियाँले जनता आवास लगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको छ भने दोहोरो नागरिकता रहेको प्रमाणसहित छुट्टै उजुरी परेको छ ।
वडाध्यक्ष नुरुल मिया विरुद्ध वडासदस्यहरुले दोहोरो नागररिकता राखेको र वडामा विभिन्न शिर्षकमा भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय मोरङमा कारवाहीको उजुरी गरेका छन् । वडाध्यक्ष मियाँले नेपाल र भारतका दुवै देशको नागरिकता राखेर दुवै देशमा विभिन्न कारोबारहरु गर्दै आएको मंगलबार पत्रकार सम्मेलनमा वडा सदस्यहरुले बताएका छन् ।
नुरुलसँग नेपाली नागरिकता सरह प्रदान गरिने ७०५४९२०३५५७० क भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड रहेको र सोही आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गर्दै आएको उजुरी पत्रमा उल्लेख छ ।
स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी परेको छ । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुबिधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बद्दर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न माग गरिएको छ ।
नुरुलले भारतीय नागरिकता बोकेर नेपालको जनप्रतिनिधि ९वडा अध्यक्ष० भएर कसैको कुरा नसुन्ने, जथाभाबि अख्तियार दुरुपयोग गर्नुको साथै भ्रष्ट्राचार गरेको रकम भारतीय बैंकमा खोलिएको खाताहरुमा राख्ने गरेकोले तत्काल कारबाही हुनुपर्ने वडासदस्यहरुको माग रहेको छ । कोही कसैलाई नटेरी वडाकै बेइजत हुने गरी काम भइरहेकोले अत्याचार भएपछि अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदा पनि सम्बन्धित कार्यालयहरुले तत्काल एक्सन नगरेकोमा समेत वडासदस्यहरुको गुनासो छ ।
नरुलले भारतीय आधार कार्डको आधारमा त्यहाँको बैंका खोलेको खाता नम्बर, एटीएम कार्डको नम्बर, भारतीय मोबाइल नम्बर र नेपाली नागरिकताको प्रतिलिपिसमेत उपलब्ध भएको छ ।
वडाध्यक्ष मियाँ भारतीय नागरिक भएको आरोप लगाउँदै वडा नं। ८ कै वडा सदस्यहरु कन्हा मियाँ, कन्हैया लाल गन्गाई, दुखिया ऋषिदेव र शिलादेवी गन्गाईले जिल्ला प्रशासन कार्यालय मोरङमा २०७७ माघ १० गते कारवाहीको उजुरी दिएका थिए । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय धनकुटामा २०७७ माघ २६ गते दोहोरा नागरिकता राखी दुवै देशमा विभिन्न कारोबार गर्दै भनी कारवाहीको उजुरी दिएका थिए । त्यसैगरी पुन अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय धनकुटामा २०७७ फागुन ७ गते वडाध्यक्षले विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका थिए ।
प्रधानमन्त्री जनता आवास कार्यक्रम अनुसार सुनबर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो । तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टीमेट अनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी परेको हो । जनता आवास कार्यक्रम अनुसारको घर निर्माण गर्न वडाध्यक्ष नुरुल मियाँकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको अख्तियारलाई बुझाएको उजुरी पत्रमा उल्लेख छ ।
निर्माण भएको १४ वटा घर पनि नक्सा अनुसारका नबनेको, स्टीमेटमा घरको जग २२ फुटको भएपनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजना अनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरेको, रड स्टीमेटको भन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ । स्टीमेट र निर्माण भएको घर हेर्दा प्रत्येक घरमा एक लाख बढी भ्रष्ट्राचार भएको पत्रमा दाबि गरिएको छ ।
वडामा हुने सम्पूर्ण योजना वडा सदस्यहरुसँग समन्वय नगरि आफूखुसी गर्ने र नगरपालिकाबाट अनुगमनमा आउँदा आफूहरुलाई समस्य पर्ने गरेको वडा सदस्य कन्हा मियाँले बताए । कन्हैयालाल गन्गाई, शिलादेबि गन्गाईले पनि वडाध्यक्ष नुरुल मियाँले आफूखुसी गर्दै आएकोले वडाको जनप्रतिनिधि हुँ भन्नु पर्ने लाज हुने अवस्था आएको बताए ।
बिकास निर्माणहरुमा वडामा एउटा निर्माण हुन्छ अध्यक्ष नुरुलले अर्के काम गर्ने आफू अनुकुल उपभोक्ता समिति बनाएर अर्कै काम गर्ने गरेको वडासदस्य कन्हौलाल गन्गाईले बताए ।
ब्लाष्टखबरबाट ।














Discussion about this post