झापा : झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ बर्षीय अनुप तामाङ रहेका छन् ।
उनीहरुलाई खैरोहिरोईन ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।














Discussion about this post