Wednesday, October 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा शिक्षकको हत्या गरेको आरोपमा ११ जना पक्राउ

रासस by रासस
भदौ १३, २०८३
in विविध, समाचार
0
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

सांकेतिक तस्वीर । गुगल ।

96
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेका प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

“घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन । घटनाका विषयमा थप विवरण आउन बाँकी छ”, उनले भने, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप विवरण खुल्छ । आरोपितसहित घटनालस्थलबाट हिँडेका प्रहरी टोली आज बेलुकासम्ममा जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने अनुमान गरेका छौँ ।”

राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन । शिक्षक राईको हत्या सामूहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिनेगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँड्नुभएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताए ।

सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुग्नुभएका शिक्षक राई बिहीबार राति गाउँलेहरूसँग बास बस्नुभएको जानकारी पाइएको उनको भनाइ छ ।

सालपा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो सुङ्देलकै माइकल भनिने निशान राईसँग विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दिउँसोको विवादपछि राति योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

घटना भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने कानुनी व्यवस्था छ ।

घटनाका विषयमा थप सहयोग गर्नुपरेको खण्डमा जिल्लाबाट सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन् ।

Tags: #खोटाङ#पक्राउ
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.