नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आए आँफू पछि नहट्ने बताएका छन् । उनले प्रधानमन्त्री पदका लागि लोभ गरेर मरिहत्ते नगर्ने तर काँधमा जिम्मेवारी आए पछि हट्ने बताएका हुन् । ‘प्रधानमन्त्रीको लोभ पनि छैन,’ उनले भने, ‘काँधमा जिम्मेवारी आए पछि पनि हटिन्न ।’
उनले बुधबार आयोजित भेलामा आँफू प्रधानमन्त्री भए काङ्ग्रेसलाई कुनै घाटा नहुने भन्दै आफ्नै पार्टीभित्र कतिपयले आफूलाई प्रधानमन्त्री नहोस् भन्ने चाहिरहेको बताए । यसअघि सरकार गठनका सन्दर्भमा मौन रहेका देउवाले पहिलोपटक मुख खोलेका हुन् ।
मिलेर सरकार गठन गर्ने नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको आग्रहलाई देउवाले अस्वीकार गरेका थिए ।












Discussion about this post