तरहरा : महिला सशक्तीकरण सुनसरीले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर तरहरामा विविध कार्यक्रमको आयोजना गरेको छ ।
सशक्तीकरण सुनसरीकी अध्यक्ष बिना भुजेलका अनुसार कार्यक्रमको अवसरमा श्रमिक महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।
“घर बनाउने काममा मजदुरी गर्दै आएका २० जना श्रमिक महिलाहरुलाई नगदसहित सम्मान गरिएको हो,” उनले भनिन्, “यसअघिका वर्षहरुमा पनि विभिन्न अवसर पारेर महिलाहरुका लागि विशेष कार्यक्रमको आयोजना गर्दै आएका छौँ ।”
उनका अनुसार यसअघि महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले उत्पादनमुखी तालिमको आयोजना समेत गरिदैँ आएको उनले बताइन् ।
सिलाइ, बुनाइ, च्याउ उत्पादन, धूपबाती बनाउने तालिम, दालमोठ भुजिया बनाउने तालिम तथा नेतृत्व विकास तालिमको आयोजना गरिसकिएको उनले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य नवोदिता चौधरी, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, नेपाल महिला संघ सुनसरी सभापति बिजया कटुवाल लगायतले महिलालाई वर्षमा एकदिन मात्रै सम्मान गरेर अपुग हुने बताएका थिए ।
उनीहरुले पार्टी र जाती भन्दा माथि उठेर महिलाको हितका निम्ति काम गर्न आवश्यक रहेको औल्याउँदै आगामी दिनमा सशक्तीकरणले थप उत्प्रेरित हुने किसिमका कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।














Discussion about this post