इटहरी (डेस्क) : मोरङको सुन्दरहरैंचा नगरपालिकामा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
सुन्दरहरैंचा ५ मा बसोबास गर्दै आएका ४४ वर्षीय विष्णु ऋषिदेवलाई प्रहरीले ३३ वर्षीय सावित्री दाहाल ऋषिदेवको हत्या प्रकरणमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले सावित्रीको शव आइतबार राती करिब ८ बजे घरभित्र कोठामा फेला परेको थियो।
प्रवक्ता राईका अनुसार मृतकको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र हातका चुरासमेत फुटेको अवस्थामा कोठाको खाटमाथि सावित्रीको शव फेला परेको हो।
घटना प्रकृतिले हत्याको आशंका गरेको प्रहरीले श्रीमान विष्णुलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। घटनाबारे सुरुमा विष्णुले अस्वीकार गरेको बताएका प्रवक्ता राईले थप सोधपुछ र अनुसन्धान थालेपछि थप्पड हान्ने क्रममा श्रीमतीको मृत्यु भएको स्वीकारे जानकारी दिए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post