इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ जब्दीमा ठूलो लगानीमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष समेत रहेका पत्रकार केशव घिमिरेले २५ कट्ठा जग्गा खरीद गरेर टर्मो एग्री हर्वो प्रोडक्ट एन्ड प्रोसेसिङ उद्योग शुरु गरेका हुन् ।
नगर प्रमुख निलम खनालले उद्योगको शिलान्यास गरेका छन् । ७० प्रतिशत वित्तीय सहयोग र ३० प्रतिशत आफ्नो लगानीमा शुरु गर्न लागिएको उद्योगबाट यही साउनदेखि उत्पादन शुरु गरिने सञ्चालक घिमिरेले जानकारी दिए ।
पत्रकार पनि व्यवसायी क्षेत्रमा अब्बल बन्नुपर्छ र मिडिया धरासायी भएका बेला आफ्नै उद्योगको आम्दानीले पनि धान्न सकिन्छ भन्ने विश्वव्यापी मान्यतानुसार आफूले ठूलो लगानीमा उद्योग खोलेको घिमिरेले जानकारी दिए ।
उनका अनुसार बेसारको जुस, पाउडर, चिया, हर्बल, साबुन, फेसवास, इनर्जी भिट्टा लगायतका वस्तु उत्पादन हुनेछन् । अदुवाको क्याण्डीसमेत बनाउने योजना रहेको छ ।














Discussion about this post