इटहरी : तीव्र सहरीकरण भएको पूर्वको इहटरीमा नयाँ वर्ष २०७८ मा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ। १ अर्ब ३० करोड लगानीमा होटल तयार हुँदै गरेको बुझिएको छ ।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा यो होटल सञ्चालनमा आउन लागेको हो ।
होटलका निर्देशक विनोद पौडेलले वैशाखमा होटल सञ्चालन गर्ने लक्ष्य राखिएको जानकारी दिए। ‘निर्माण सुरु भएको ५ वर्षपछि हामी होटलको सञ्चालन गर्न लाग्दैछौं,’ उनले भने, ‘यसबीच कोभिडले ढिलो भयो। हाम्रा केही साझेदार पनि हामीसित अलग्गिनु भयो। सबै बन्दोबस्त मिलाउँदा ५ वर्ष लाग्यो।’
उनले होटललाई पाँचतारे होटलको मान्यता दिन र होटलमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा आवेदन गरिएको उल्लेख गरे । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ।














Discussion about this post