धरान : प्रदेश १ स्तरीय बराह महिला पुरुष अन्तर कलेज बाकेटबल प्रतियोगितामा विभिन्न ४ वटा कलेजले विजयी सुरुवात गरेका छन् ।
धरान मेघा कलेजको बास्केटवल कोर्टमा सोमबार भएको खेलमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको महिला र पुरुष दुवै टिम विजयी भएको छ । यस्तै, पुरुषतर्फ धरान मेघा कलेज, विकेभिएम विराटनगर, डिपोट आर्दश वहुमुखि क्याम्पस र सियोन स्कुल विजयी भएको छ ।
२३ वर्ष मुनिका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगताको पहिलो खेलमा पुरुषतर्फ हातिसारको टिमले एम्स एकेडेमीलाई ३०–२२ अंकले पराजित गर्यो ।
यस्तै, धरान मेघा कलेजले सगरमाथा एसडि कलेजलाई २८–२६ अंकले हरायो भने विकेभिएम विराटनगरले टावर टेम्पल विर्तामोडलाई ३२–२९ अंकले पराजित गर्यो । डिपो कलेजले राष्ट्रिय जनसहयोग इटहरीलाई ३८–२४ अंकले र सियोन स्कुलले सिटि कलेजलाई २७–२१ अंकले पराजित गरेको थियो ।
यस्तै, महिलातर्फ केन्द्रीय प्रविधि क्याम्पसको टिमले धरान आर्दशको टिमलाई १६–११ अंकको अन्तरले पराजित गरेको थियो ।
धरान बास्केटवल संघको अयोजना तथा वराह गु्रपको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
पुरुषतर्फको विजेता टिमले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।












Discussion about this post