धरान : कोभिड १९ को महामारीसंगै धरानमा कोरोना खोप लगाउने क्रम जारी छ । पहिलो र दोस्रो चरण गरी धरानमा कोरोना खोप लगाइएको हो ।
यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १४ ले दन्तकाली माविमा १४ का सर्वसाधारणलाई लक्षित गरी कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको हो ।
खोप लगाउन अधिकांश बृद्धबृद्धा सहभागी भएका थिए ।
कोरोना खोप लगाउन आउनेहरु ५५ वर्षमाथिका तथा ज्येष्ठ नागरिक, शिक्षक, यातायात मजदुर र पहिलो चरणमा छुटेकाहरु रहेका थिए ।
धरान उपमहानगरपालिकाको पहलमा खोप लगाउने काम गरेको हो । धरान उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद कृष्णप्रुसाद भट्टराईले यहाँका सर्वसाधारण, बृद्धबृद्धालाई लक्षित गरी खोपकेन्द्र राखिएको बताए ।
धरान १४ सहित अन्य स्थानमा गरेर सोमबार ५ सय जनाले खोप लगाएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए । हालसम्म ६६. ४ प्रतिशतले खोप लगाएको लगाएको उनले बताए ।
पहिलो र दोस्रो चरणमा आएको ९ हजार ९ सय २० डोजमध्ये चैत्र २ गतेसम्म ७ हजार ८ सय ४९ जनाले खोप लगाइसकेको उनको भनाइ छ । सामाजिक सञ्जालमा भएको भ्रामक हल्लाले सर्वसाधारणलाई त्रसित बनाउदा खोप लगाउन कम मानिस आउने गरेको उनले जानकारी दिए ।














Discussion about this post