इटहरी (डेस्क) : झापाको एक विद्यालयका दुई छात्राले एक हप्ताको अवधिमा आत्महत्या गरेका छन् ।
झापाको विर्तामोड नगरपालिका ५ मा रहेको देवी माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत दुई छात्राले एक हप्ताको अवधिमा आत्महत्या गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आचार्यका अनुसार एक हप्ताको अवधिमा कक्षा ११ मा अध्ययनरत टेरिसा न्यौपाने र अञ्जली गुरुङले आत्महत्या गरेका हुन् ।
न्यौपाने र गुरुङ एकै कक्षाका मिल्ने साथी हुन् । उनीहरुले के कारणले आत्महत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
“के कारणले आत्महत्या भएको हो, हामी अनुसन्धानकै क्रममा छौँ,” आचार्यले फोन सम्पर्कमा टाकुरान्यूजसँग भने, “पोष्टमार्टमको रिपोर्ट आएकै छैन, यस विषयमा अनुसन्धान गरिरहेका छौं ।”














Discussion about this post