Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको रोयल पाण्डा कन्सल्टेन्सीले ठगी गरेपछि भत्किएको सपना…

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
चैत्र ५, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीको रोयल पाण्डा कन्सल्टेन्सीले ठगी गरेपछि भत्किएको सपना…
1.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भोजपुरको रामप्रसादराई गाउँपालिका ५ मानेभञ्ज्याङका मीन बहादुर थापाले थाइल्याण्ड जानका लागि इटहरीमा सञ्चालित रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीमा दुई लाख ७० हजार रुपैँया बुझाए ।

उनले आँफूले उक्त रकम बुझाएसँगै विदेश गएर परिवारलाई सुखी जीवनयापन बिताउनका लागि सुनौलो सपना बुनेका थिए । तर, उनको सपना साकार हुनु अगावै भत्किएको छ ।

‘गत ४ तारिकमा थाइल्याण्ड जानका लागि रकम बुझाएको थिएँ, तर त्यसको दुईदिनपछि सञ्चालकहरु बेपत्ता भएपछि यतिबेला यता न उता भएको छु,’ उनले टाकुरासँग भने, ‘थाइल्याण्डमा राम्रो कमाइ हुने र राम्रै काममा लगाइदिने आश्वासन पाएसँगै पैसा बुझाएको थिएँ, विदेश गएर परिवारलाई सहज जीवन निर्वाहका लागि केही पैसा कमाउने सपना भत्किएको छ ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै उक्त कन्सल्टेन्सीबाट ठगिएका तीन दर्जन बढी युवाहरु छन् । उनीहरुले बुधबार इटहरी ६ मा रहेको रोयल पाण्डा कन्सल्टेन्सी अगाडि भेला भएर सञ्चारकर्मीसँग आफ्ना समस्या राख्दै आक्रोशित भएका छन् ।

सञ्चालकद्धय दीपकप्रसाद ढुंगेल र विशाल आचार्यले ३७ जना युवाहरुबाट एक करोड २६ लाख रुपैँया रकम उठाएर हाल बेपत्ता भएकाले पीडितहरु आक्रोशित भएका हुन् ।

इटहरी १८ का लक्ष्मण कुमार चौधरीले भने आफूलाई दुवहीमा राम्रो कम्पनीमा काम लगाइदिने भन्दै कन्सल्टेन्सीले दुई लाख ६५ हजार रुपैँया लिएको थियो । उनले अघिल्लो महिनाको १ र २ तारिक गरी उक्त रकम बुझाएका थिए । तर, ६ तारिकदेखि सञ्चालकद्धय ढुंगेल र आचार्य फरार भएपछि आँफू समस्यामा रहेको सुनाए ।

भने, ‘विदेश पठाइदिने र राम्रो काम लगाइदिने भन्दै आश्वासन दिएका मानिसहरु अहिले सम्पर्कबिहीन हुँदा समस्या आइपरेको छ ।’

इटहरी ६ मा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सी ।

इटहरी ९ कै रोनिस चौधरीले पनि फ्रान्स जानका लागि दुई लाख रुपैँया बुझाएपनि अहिले आँफू अलपत्र अवस्थामा पुगेको बताए ।

उनले भने, ‘सुरुमा डकुमेन्ट फरवार्ड गर्नका लागि अग्रिम दुई लाख रुपैँया माग गरिएको थियो, जम्मा दश लाख लागत लाग्ने भनेको थियो ।’ उनका अनुसार कन्सल्टेन्सीले फ्रान्स पठाइदिने र राम्रो कामको ग्यारेण्टी लिएको थियो । तर, अहिले उनीहरु बेपत्ता हुँदा समस्याले च्यापेको चौधरीको भनाइ थियो ।

इटहरी ५ का शक्तिमान तामाङले आँफूले ऋण गरेर रकम बुझाएपनि अहिले विदेश जान नपाउँदा ब्याज तिर्न समेत समस्या रहेको उल्लेख गरे । उनले टाकुरासँग भने, ‘ऋण खोजेर बुझाएको रकमको अहिले ब्याज समेत तिर्न नसक्दा बिचल्ली भएको छ, फ्रान्सका लागि डकुमेन्ट पेश गरेको भएपनि अहिले घर न घाटको अवस्था भयो ।’

उनले पीडकलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राखेका छन् । इटहरीमा बुधबार करीब दुई दर्जन युवाहरुले सञ्चालकलाई कुनै पनि हालतमा कारबाही हुनुपर्ने र आफ्नो पैसा फिर्ता हुनुपर्ने माग राखेका थिए ।

उनीहरुले केही दिन अगाडि मात्रै जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम कार्यालय विराटनगरमा उजुरी समेत गरेका थिए । पछिल्लो समय विभिन्न बहानामा ठगी गर्ने गिरोहको संख्या सक्रिय रहेपनि सम्बन्धित निकाय मौन रहेका छन् ।

उक्त कन्सल्टेन्सीले यूईए मात्रै नभई युरोपियन मुलुकमा पठाउने भन्दै विभिन्न प्रलोभन देखाएर युवाहरुसँग रकम उठाउँदै आएको पीडितहरुले बताएका छन् । इटहरी उपमहानगरपालिकामा २२२०५०/२०७६/२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशंका गरिएको छ ।

 

Tags: #इटहरी#ठगीटाकुरा विशेष
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    477 shares
    Share 191 Tweet 119
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.