Friday, August 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

चारकोसेमा फोहोर फालिदाँ इटहरीबासी आक्रोशित, फोहोर व्यवस्थापन नहुँदा वातावरण शाखामा तालाबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ५, २०७७
in टाकुरा विशेष, समाचार
0
चारकोसेमा फोहोर फालिदाँ इटहरीबासी आक्रोशित, फोहोर व्यवस्थापन नहुँदा वातावरण शाखामा तालाबन्दी

इटहरीबाट चारकोशेमा फोहोर फाल्न गएको ट्याक्टर आक्रोशित सर्वसाधारणले नियन्त्रणमा लिएका छन् ।

321
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी–धरान सडकखण्डमा पर्ने चारकोसे झाडीमा फोहोर फालेर डढाएका कारण इटहरीबासी आक्रोशित बनेका छन् ।

बिहीबार विहान डढाएको फोहोरको दुर्गन्धले बस्तीमा प्रत्यक्ष प्रभावित बनेको भन्दै आक्रोशित सर्वसाधारणले इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र फोहोरको जिम्मा लिएको वेष्ट इन्भारो एण्ड मेनेजमेन्ट कम्पनीको कार्यालयमा तालबन्दी समेत गरेका छन् ।

इटहरी १९ का सबिन पौडेलका अनुसार जंगलमा फालिने फोहोरले यहाँका जनता प्रत्यक्ष मारमा परेकाले बर्षौँ अगाडिदेखि उस्तै समस्या झेल्दै आएका छन् । पौडेलले भने, ‘यसको दीर्घकालीन समाधान नभएसम्म हामी आन्दोलन गर्नेछौँ, उपमहानगरपालिकाका जनप्रतिनिधि व्यापारीको गोजीका रुपमा मात्रै सीमित छन् ।’

उनले यहाँका जनप्रतिनिधिको बेवास्ताका कारण आफूहरुले पीडा भोग्दै आएको बताए ।

वेष्ट इन्भारोसँग पटक–पटक वार्ता भएपनि आफूहरु बारम्बार पीडित रहेको उनले बताए । ‘हामीले फोहोर व्यवस्थित गर्नुस् भनेका हौँ, यो जायज कुरा हो कि होइन,’ उनले टाकुरासँग भने, ‘जंगलमा फोहोर फालेपनि व्यवस्थित गर्न नसक्दा हामीले समस्या खेप्दै आएका छौँ, सरकारले सर्वसाधारणको कुरै सुन्दैन ।’

सर्वसाधारणको पक्षमा जनप्रतिनिधिले नबोल्ने गरेकाले निराशामा रहेको उनको गुनासो थियो ।

उपमहानगरले फोहोरको व्यवस्थापन गर्न नसक्दा इटहरी १९ का मात्रै पाँच सय बढी घरधूरी प्रत्यक्ष प्रभावित रहेको उनले बताए । त्यसो त यहाँ फालिएको फोहोरका कारण छिमेकी रामधुनी नगरपालिका वडा नं. ७ का बासिन्दा पनि प्रत्यक्ष प्रभावित बन्दै आएका छन् ।
धुँवाको कारण रोग व्याप्त भएको र समस्या निरुपण नभएसम्म आन्दोलनमा जुट्ने फोहोरबाट पीडित बनेका स्थानीयको भनाइ छ ।

फोहोर व्यवस्थापन नहुँदा बिहीबार इटहरी उपमहानगरपालिकाको वातावरण शाखामा तालाबन्दी गरिएको छ ।

स्थानीय मोहन गिरी भन्छन्, ‘हामीले पटकपटक जानकारी गराउँदा पनि चासो नगरेपछि आज कार्यालयमा ताला लगाएका हौँ, फोहोर व्यवस्थापन नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनका अनुसार बिहीबार फोहोर बोकेर जंगलतर्फ जादैँ गरेको दुईवटा ट्याक्टर रोकेर स्थानीयले प्रदर्शन समेत गरेका थिए ।

यता, इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले भने फोहोरका कारण यहाँका बासिन्दामा समस्या उत्पन्न भएको स्वीकार गरे । उनले भने, ‘विगतका दिनमा पनि यस्ता समस्या आइरहेको छ, इटहरीले फोहर व्यवस्थापन गर्न जंगलमा पुर्ने काम गरेको छ ।’ उनका अनुसार जंगलमा फालिएको फोहोर जेसीबीले पुर्ने काम गरिएकोभएपनि बिहीबार आगो लगाउँदा सर्वसाधारण रुष्ट बनेर उपमहानगरपालिका कार्यालय पुगेका थिए ।

‘फोहोरमा आगो कसले लगायो भनेर हामीले खोजी गरिरहेका छौँ,’ उनले टाकुरासँग भने, ‘फोहोरका कारण भवानीपुरबासी पीडित छन्, स्वीकार गर्छु ।’ उनले समस्या आउनासाथ उपमहानगरले तुरुन्तै रेस्पोन्स गर्ने गरेको उदृत गर्दै भने, ‘यसको दीर्घकालीन समाधानका लागि चैत मसान्तसम्ममा सम्पन्न गर्नेगरी काम भइरहेको छ ।’

उनका अनुसार हाल इटहरी १० खनारमा ल्याण्डफिल बनिरहेकाले आगामी वैशाखदेखि त्यहाँ फोहोर संकलन गरिने तयारी गरिएको छ ।

वेष्ट इनर्जी प्रोजेक्ट अन्तरगत ल्याण्डफिलको काम तीब्र रुपमा बढिरहेको उनको भनाइ थियो । उनले जंगलमा फोहोर फाल्नु उपयुक्त नरहेको बताउँदै भने, ‘तत्काल फोहोर नउठ्दा सहरमा पनि समस्या हुने भएकाले जंगलमा फोहोर फालिएको हो ।’ फोहोर जलाउँदा उत्पन्न हुने विषाक्त ग्याँसका कारण रोग निम्तिने वातावरण शाखा प्रमुख चौधरी बताउँछन् ।

इटहरीले २०७१ सालमा वडा नम्बर १, ४ र ८ को मात्र फोहोर संकलन गरेर व्यवस्थापन गरेको थियो भने अहिले सहरी क्षेत्रका फोहोर संकलन गरि चारकोशे झाडीमा फालिनाले समस्या उत्पन्न भएको छ । इटहरी क्षेत्रबाट अहिले दैनिक ५५ टन फोहोर निस्कने गरेको छ । उपमहागनरपालिकाले ४५ प्रतिशत फोहोर उठाएर व्यस्थापन गर्दै आएको दाबी गरेको छ । ग्रामीण क्षेत्रको अन्य फोहोर भने परम्परागत शैलीमा स्थानीयले व्यवस्थापन गदै आएका छन् ।

इटहरीमा पछिल्लो समय बस्ती बढेसँगै फोहोरले दुर्गन्ध बढेको छ । यहाँबाट निस्किने फोहोर इटहरी–धरान सडकखण्ड अन्र्तगतको चारकोशे झाडीमा फालिदैँ आएको छ । फोहोरले मानव जीवनमा नकारात्मक प्रभाव पारेको भएपनि अझैसम्म उपमहानगरले जंगल क्षेत्र र खोला किनारमा फोहोर फालेका कारण समस्या उत्पन्न भइरहेको छ ।

वातावरण संरक्षण ऐनविपरीत फोहोर जंगलमा फालिदैँ आएकाले मानव जीवनमा गम्भीर असर परेको भएपनि उपमहानगर गम्भीर नबन्दा यहाँका बासिन्दाले बर्षौँदेखि उही समस्या झेल्दै आएका छन् ।

चारकोशे वन क्षेत्रमा दैनिक इटहरीबाट ५५ टन र धरानबाट ३७ टन फोहोर फ्याँक्ने गरिएको छ । १२ हजार ३ सय ८० हेक्टर क्षेत्रफल रहेको उक्त वन क्षेत्रमा २३ सामुदायिक वन र केही क्षेत्रमा राष्ट्रिय वन पर्ने भए पनि देशको सार्वजनिक सम्पत्ति वन मासिँदै गएकोप्रति नगरबासी चिन्तित बनेका छन् ।

Tags: #इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.