Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कवि देवान किराँतीका कवितामा ‘वाहवाही’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०७७
in कला साहित्य, समाचार
0
कवि देवान किराँतीका कवितामा ‘वाहवाही’
311
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा शनिबार साँझ एकाएक गर्दै थुप्रै मानिसहरु भेला भए । आमन्त्रित मानिसहरुले कानेखुशी गर्दै साँझको उल्लास मनाइरहेका जस्ता देखिन्थे । इटहरीका कवि देवान किराँतीको एकल वाचन कार्यक्रममा आमन्त्रित मानिसहरु कवितासँगै उल्लास मनाइरहेका थिए ।

इटहरीको शब्द प्रवाहले आयोजना गरेको काव्य सन्ध्या कार्यक्रममा एकल कविता वाचन गर्न आइपुगेका कवि किराँती थोरै गम्भीर जस्ता पनि देखिन्थे । देशकै चर्चित कवि जसराज किराँतीका छोरा उनी वंशज कविका रुपमा पनि चिनिन्छन् । कार्यक्रममा जसराज किराँती स्वयम् आमन्त्रित भएकाले देवान गम्भीर देखिएको अनुमान लगाउन सकिन्थ्यो ।

‘म पाठक मात्र हो, म मौन रहेर पढ्न लेख्न चाहने मान्छे हुँ,’ कवि देवानले कविता सुनाउनु पूर्व भने, ‘मुलुकको राजनीतिले अहिले भयवित बनाइरहेको छ, म कविताजस्तै केही लेख्छु, कविता हो कि होइन थाहा छैन ।’

उनले आँफू कवि हो कि होइन भन्ने अन्यौल रहेको उदृत गर्दा हलमा रहेको भीँड गल्लल हाँस्यो । देवानले आँफूमा बाबु जसराज किराँतीको काव्यिक गुण विरासतका रुपमा आएको उल्लेख गरे ।

उनले आफ्ना पिता, कवि जसराजलाई सम्मुख राखेर कविता सुनाएको यो पहिलोपटक हो ।

कविता सुन्दै आमन्त्रित अतिथिहरु ।

कवि देवान, नेपाली कविता क्षेत्रका अग्ला व्यक्तिका रुपमा परिचित छन् । उनको शालीनता र भद्रताले नयाँ र पुराना पुस्तासँग नजिक रहेका कवि देवानले एकपछि अर्को गर्दै शनिबार साँझ १० वटा कविता सुनाए ।

उनले मृत्यु जीवनको उत्सव रहेको र यो शाश्वत सत्य रहेको उल्लेख गर्दै कविता सुनाउन सुरु गरे ।

‘गाँठी कुरा’, ‘षड्यन्त्र’, ‘रोटी’, ‘प्रेमको लास’, ‘चिसो’, ‘निमन्त्रणा’, ‘मृत्युको गुलाफ’, ‘मन्दिर र चिहान’, ‘पुरानो प्रेम’ र ‘सत्य’ शीर्षकका कविता सुनाएका थिए ।

देवानले कार्यक्रममा अन्तिम कविता ‘सत्य’ सुनाइसक्दा ‘वाहवाही’ पायो । उनको उक्त कविताले दर्शक दीर्घबाट निकैबेरसम्म ‘वान्स मोर्–वान्स मोर्’ पाएको थियो ।

देवान किराँतीका बारेमा बोल्दै नाट्यकर्मी सोनु जयन्तीले उनका कविताका पात्र क्लियर रहने बताए । सरल शब्द प्रयोग गरेर शक्तिशाली काव्य निर्माण गर्नसक्ने क्षमता रहेको बताउँदै देवानले थोरै कविता मात्रै बाहिर ल्याउने गरेको नाट्यकर्मी जयन्तीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिलले कवि देवान आफ्नो पुरानो साथी रहेको र उनका कवितामा सरलता सँगै गहिराइ हुने बताए ।

कवि बद्री भिखारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई विराट अनुपमले सहजीकरण गरेका थिए ।

 

Tags: #इटहरी#साहित्यकविता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    474 shares
    Share 190 Tweet 119
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.