धरान : धरानमा चार दिने धरान ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ ।
धरान गल्फ क्लबको आयोजनामा धरान १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको पार ७० को गल्फ कोर्षमा प्रतियोगिता हुने भएको हो । क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै चैत ११ गतेदेखि १४ गतेसम्म धरान ओपन गल्फ प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ। विगतमा क्लबले एमेच्योर प्रतियोगिता मात्र आयोजना गर्दै आएको थियो ।
चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ । अन्तिम दिन प्रो–एम म्याच हुनेछ । प्रतियोगितामा नेपालका प्रोफेस्नल गल्फरहरु सहभागी हुनेछन् । उनीहरुको संख्या ४० भन्दा बढी हुने क्लबका सचिव जितेन्द्र राईले बताए । दुई दिनसम्म ३६ होलको खेल सकिए पछि कप पार गर्ने २१ औं स्थानसम्म रहेका खेलाडीहरु पुरस्कृत हुनेछन् ।
प्रथम हुने खेलाडीले नगद ९० हजार पुरस्कार पाउनेछन् भने दोस्रो हुनेले ६० हजार, तेस्रो हुने खेलाडीले ४५ हजार पाउनेछन् । एमेच्योरतर्फ प्रथम र दोस्रो हुने खेलाडीले ट्रफी पाउनेछन् । चौथो दिन प्रो एम म्याच हुनेछ ।
प्रतियोगिता आयोजना गर्न धरान उपमहानगर, नेपाल गल्फ एशोसिएशन, फुटवेयर विराटनगर, आरसि कोला विराटनगर र द हिमालयन रिजर्बबाट सहयोग भएको सचिव राईले जानकारी दिए ।














Discussion about this post