इटहरी : इटहरीमा आयोजित वडाअध्यक्ष अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधी छात्रतर्फ पूर्वाञ्चल बोर्डिङ स्कुल तरहरा र छात्रातर्फ नमुना एकेडेमी तरहराले जितेको छ ।
इटहरी भलिबल क्लबको आयोजना तथा इटहरी वडा नं. ४ को संयोजनमा सम्पन्न प्रतियोगितामा छात्रतर्फ पूर्वाञ्चल बोर्डिङले तरहराकै ज्ञानदर्पण एकेडेमीलाई ३–१ को सेटले पराजित गर्दै उपाधी जितेको हो ।
छात्रार्फको खेलमा भने नमुना एकेडेमी तरहराले लर्डबुद्ध स्कुल रामधुनीलाइ ३–० को सोझो सेटले पराजित गर्दै उपाधी जित्न सफल भयो । बिजेता टिमले नगद १० हजार सहित शिल्ड र उपबिजेता टिमले नगद ५ हजार सहित शिल्ड हात पारेको छ ।
बिजेता तथा उपबिजेतालाई इटहरी वडा नं. ४ का वडाअध्यक्ष चन्द्र भटराई, आयोजक क्लबका अध्यक्ष गोपाल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।
प्रतियोगिता चैत्र ७ गतेदेखी इटहरीस्थित क्षेत्रीय रंगशालाको भलिबल कोर्टमा सञ्चालन भएको थियो । प्रतियोगितामा छात्रतर्फ सुनसरी जिल्लाभरीका १२ वटा कलेज सहभागी थिए भने छात्रातर्फ ११ कलेजले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगितामा इटहरी, धरान, दुहबी र रामधुनीका बिभिन्न कलेजका बिद्यार्थीले प्रतिष्पर्धा गरेको आयोजक क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।













Discussion about this post