Monday, June 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरान आएर देउवाले भने, ‘जनताको करबाट तलव खाएर पार्टीको काम गर्नेलाई छोड्दैनौ, छोड्दैनौं, छोड्दैनौं’

‘कांग्रेस सरकारमा जादैँन, तर आइपरे भाग्नेवाला छैनौँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १०, २०७७
in टाकुरा विशेष, समाचार
0
धरान आएर देउवाले भने, ‘जनताको करबाट तलव खाएर पार्टीको काम गर्नेलाई छोड्दैनौ, छोड्दैनौं, छोड्दैनौं’
282
SHARES
Share on FacebookShare on Twitter

धरान : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

सुनसरीको धरानमा मंगलबार दलित संघद्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै देउवाले तत्काल नेपाली कांग्रेस सरकारका नजाने उल्लेख गरेका हुन् ।

‘अहिले एमाले र माओबादीको सरकार छ, यो संयुक्त सरकार हो,’ उनले भने, ‘प्रचण्ड जी हरुले आफ्ना मन्त्रीहरु फिर्ता लिनुभएको छैन, ओलीले पनि नहटाएको अवस्था छ, त्यसैले कांग्रेस सरकारमा जादैँन ।’

उनले आँफू प्रधानमन्त्री बन्ने वा नबन्ने भन्ने विषयमा प्रश्न उठिरहेको उदृत गर्दै भने, ‘अहिले बहुमतको सरकार छ, दुईवटा पार्टीको सरकार भएपनि बहुमत सरकार हो, जबसम्म बहुमतको सरकार रहन्छ, तबसम्म हामी सरकारमा जादैँनौ, हामी त विपक्षी पार्टीको मान्छे हो नि ।’

उनले आइपरेको अवस्थामा कांग्रेसले देशको नेतृत्व लिन पछि नहट्ने समेत उल्लेख गरे । उनले भने, ‘म स्पष्ट पार्न चाहन्छु कि, मैले पटकपटक भन्दै आएको छु, म प्रधानमन्त्रीको लागि मरिमेट्ने छैन, तर हामी भाग्नेवाला पनि छैनौँ ।’

उनले अवसर आएमा कांग्रेसले देशको नेतृत्व लिन पछि नहट्ने बताउँदै तत्कालको अवस्थामा सरकारमा नजाने स्पष्ट पारे ।

यसैबीच केही समयअगाडि मात्रै सुनसरी प्रहरीले यहाँका कांग्रेस नेता, कार्यकर्तालाई बिनाकारण थुनामा राखेको सम्झदैँ देउवाले भने, ‘कम्युनिष्ट पार्टीमा आइज नत्र मुद्दा चलाइदिन्छु भन्दै धम्की दिने प्रहरी प्रशासन जनताको करबाट चलेको हो, कुनै पार्टीको होइन ।’

उनले प्रहरी प्रशासन कम्युनिष्टको कार्यकर्ता मात्रै बनेको आरोप लगाउँदै भने, ‘उनीहरुले जनताले तिरेको ट्याक्सको पैसाले तलब खान्छन्, कुनै पार्टीले तबल खुवाएको होइन, जनताले तिरेको ट्याक्सबाट तलब खाएर पुलिसले कुनै पार्टीको काम गर्न पाइन्छ ? यसो हो भने हामी छोड्दैनौ, छोड्दैनौं, छोड्दैनौं ।’

उनले प्रहरी प्रशासनको प्रतिगामीलाई कांग्रेसले कुनै हालतमा पनि नछाड्ने जिकिर गरे ।

तस्वीर : लक्ष्मण थापा । धरान ।

उनले एक फरक प्रसंगमा भने कांग्रेसले दलितको उत्थानका निम्ति काम गरेपनि चुनावताका मत नपाउने गरेको गुनासो गरे ।

‘हामीले पार्टीमा पनि आरक्षण दिएका छौँ, कांग्रेसले समावेशी हिसाबमा आरक्षण दिएको छ,’ उनले भने, ‘तर चुनावको बेलामा दलितको भोट आउँदैन, चुनावको बेलामा भोट ल्याउने काम पनि गर्नुपर्यो ।’

उनले दलित समुदायको मत निर्णायक रहेकाले चुनावमा दलितले जता मत दियो उही पार्टीले जित्ने समेत बताए । उनले जनताभन्दा माथि कोही पनि नरहेको तर्क गर्दै भने, ‘आगामी चुनावपछि कांग्रेसले समावेशी सरकार बनाउँछ र विभेदको अन्त्य गर्छ ।’

अर्को फरक प्रसंगमा सभापति देउवाले पार्टीका उपसभापति विजय गच्छदारमाथि अन्याय भएको बताए । उनले भने, ‘गच्छदार जी माथि अन्याय भएको हामीले महसुुस गरेका छौँ, उहाँले न्याय पाउनुहुनेछ ।’

कार्यक्रममा पूर्व मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दलित संघका केन्द्रीय अध्यक्ष मीनबहादुर विश्वकर्माले अहिले पनि देशमा जातीय विभेद कायमै रहेकाले यसको अन्त्य हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘जातीयताका आधारमा देशमा विद्रोहको स्थिति सृजना हुन नदिनका लागि जातीय विभेदको उन्मुलन हुन आवश्यक छ ।’ उनले समाजमा वर्तमान अवस्थामा पनि एक जातीले अर्को जाती र एक समुदायले अर्को समुदायमाथि विभेदको रंगले हेर्ने गरेको बताउँदै यसको अन्त्यका लागि कांग्रेसले अहम् भूमिका खेल्दै आएको तर्क गरे ।

उनले वर्तमान केपी ओली नेतृत्वको सरकारले आफ्नो सरकार टिकाउनका लागि मात्रै लालायित भएको आरोप लगाउँदै भने, ‘समृद्धिको नारा बोकेर ओली सरकारले झुक्याएको छ, अहिलेको सरकार समावेशी विरोधी र प्रतिगामी सरकार हो ।’

उनले कांग्रेसले ७० वर्ष अगाडि नै जातपात नमान्ने उद्घोष गरेकाले कांग्रेसले मात्रै सबै जाती, धर्ममा आस्था राख्ने मानिसलाई अटाएर लैजान सक्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की लगायतले बोलेका थिए ।

Tags: #कांग्रेस#धरान#नेपाली कांग्रेसराजनीतिशेरबहादुर देउवा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो १ः४० बजेतिर अस्थायी...

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग
विविध

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

इटहरी : रोट्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विपद् व्यवस्थापन तथा उद्धार...

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ ३१, २०८३
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई रोट्याक्टको सहयोग

जेष्ठ ३१, २०८३
भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.