धरान : उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल सम्मानित भएका छन् ।
मंगलबार धरानमा आयोजित नेपाल दलित संघको २ दिने अन्तरक्रिया कार्यक्रममा उनीसहित पाँचजनालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।
विभिन्न क्षेत्रमा आफ्फ्ना ऐतिहासिक सफलता हाँसिल गरेका ५ जना व्यक्तिहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
सम्मानित हुनेहरुमा पौडेलसहित धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार रहेका छन् ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका मेयर नुपओड बिश्वकर्मा र बराह ग्रुप धरानलाई सम्मान गरिएको थियो ।
तस्वीरहरु : लक्ष्मण थापा । धरान ।














Discussion about this post