रामधुनी : सुनसरी रामधुनीमा एक युवतीको शव फेला परेकाे छ ।
रामधुनी नगरपालिका ६ स्थित सुनसरी-मोरङ सिचाईँ परियोजनाको मुल नहरमा एक युवतीको शव फेला परेको हो ।
अन्दाजी ३२ वर्षकी देखिने युवतीले कालो रङ्गको ट्रयाक, कालो सेतो बुट्टे टि-सर्ट लगाएको र हाल उनको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
उनको नाम, थर, वतन खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।














Discussion about this post