इटहरी : आफ्नै घरमा कोठाभाडा गरेर बस्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ का प्रेम बहादुर निरौलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको हो ।
डीएसपी अर्जुन केसीका अनुसार ४० वर्षीय निरौलाले अध्ययन गर्न आफ्नै कोठामा बसेकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
‘आफ्नो श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेको र तिमीलाई विवाह गर्छु भनेर प्रलोभन देखाइ जबरजस्ती गरेको खुलेको छ,’ केसीले भने, ‘निरौलाले धम्की दिएर पटक–पटक करणी गरेको पीडितको जाहेरीका आधारमा ९ गते पक्राउ गरिएको हो ।’
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post