इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीले स्कुटर चोरी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
चैत्र ८ गते इटहरी ६ स्थित धरान लाईनमा रहेको हिमालय बैंकको अगाडि पार्किङ गरिराखेको स्कुटर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
मोरङ बेलबारी नगरपालिका वडा नं. १० बस्ने तुलसा धिमालको नाममा दर्तामा रहेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी गर्ने मोरङ बुढीगंगा गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय खगेन्द्र काफ्ले र सोही ठाउँ बस्ने २७ वर्षीय अर्बिन मगरलाई पक्राउ गरेको हो ।
चैत्र ९ गते पक्राउ परेका उनीहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post