इटहरी : इटहरीमा खानेपानी उपभोक्ता संस्थाको नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ । शनिवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलालेख अनावरण गरी भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नयाँ भवनबाट उपभोक्तालाई सहज र सरल पारदर्शी तवरले काम गर्ने बताएका थिए ।
संस्थाले संस्थागत रूपमा राम्रो भवनबाट जबाफदेही, उत्तरदायी भई आजको प्रविधिसँग जोडिएर उपभोक्तालाई सेवा प्रदान गर्ने विश्वास रहेको राईले बताए ।
उनले जनसङ्ख्याको बढ्दो चापलाई ध्यानमा राखेर आफ्नो लक्ष्य र कार्ययोजना बनाउन र विकासको पथमा अघि बढ्न सुझाव दिए ।
खानेपानी उपभोक्ता संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईले संस्थाको प्रगतिबारे जानकारी गराएका थिए । साढे १८ हजार खानेपानी धारा वितरण भई दैनिक १८ घण्टा खानेपानी वितरण भइरहेको उनले बताए ।
उनले संस्थाका कामलाई प्रविधिको प्रयोग गरेर अघि बढाइएको जानकारी दिँदै आगामी दिनमा गर्ने कामहरूको बारेमा समेत जानकारी गराएका थिए ।














Discussion about this post