इटहरी (डेस्क) : थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जितेको छ ।
२३ वर्षमुनिको टिम सहभागी भएको खेलमा सोमबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि हाँसिल गरेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।












Discussion about this post