इटहरी : होली खेल्न जान्छु भनेर घरबाट हिँडेका इटहरीका एक बालक हराएका छन् ।
चैत्र १५ गते विहान ९ बजेको समयमा होली खेल्न जान्छु भनेर घरबाट हिँडेका इटहरी ३ का १३ वर्षीय सरोज दर्जी बेपत्ता भएका हुन् ।
उनी बेपत्ता भएपछि खोजीकार्य गरेपनि पत्ता नलागेपछि हुलिया प्रकाशित गरेर खोजी गर्न अपिल गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार गहुँगोरो वर्णका दर्जी ४ फिट १ ईन्च अग्लो भएका, पातलो शरीर भएका, सेतो टिसर्ट र रातो धर्का भएको ट्रयाक लगाएका उनी तीनदिनदेखि बेपत्ता भएका हुन् ।
बेपत्ता बालककी आमा सीता दर्जीले १७ गते प्रहरीमा जाहेरी दिएसँगै खोजी कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post