इटहरी : लागूऔषधसहित सुनसरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ विराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधीसहित सुनसरीका युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
आज दिउँसो साढे १२ बजे लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ वर्षीय फडिन्द्र श्रेष्ठकोलाई नियन्त्रित औषधीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल बरामद गरेको छ भने पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।














Discussion about this post