धरान : पछिल्लो समय दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले दुर्घटना सचेतना तथा न्यूनीकरणका लागि अन्तरक्रिया गरेको छ ।
धरानमा शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ को आयोजना तथा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको सहकार्यमा दुर्घटना न्यूनीकरण सम्बन्धि अन्तरक्रिया आयोजना गरिएको हो ।
कार्यक्रममा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्जीव शर्माले दुर्घटना न्यूनीकरण गर्न “स्पीड कन्ट्रोल” अभियान सन्चाल्न गरिएको बताए । उनले भने, “दुर्घटना जानेर नहुने भएपनि तीव्र गतिका कारण हुने भएकाले आजैदेखि प्रदेशभरीका जिल्लामा स्पीड कन्ट्रोल गर्न सुरु गरिएको छ ।”
उनले मापसे सेवन गरेर सवारी चलाउदा पनि दुर्घटना हुने भएकाले सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यातायात व्यवसायीहरुले पछिल्लो समय ट्राफिकले जबरजस्ती रुपमा राजस्व नउठाउने गरेकाले सहज भएको बताउँदै आगामी दिनमा समेत सहकार्य गर्नुपर्ने बताएका थिए ।
झापा, मोरङ, सुनसरीका गरि एक सय ५० जना सहभागी थिए ।














Discussion about this post