तरहरा : इटहरी २० सेउती पुल नजिकै कोशी लोकमार्गमा दुर्घटना भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीबाट धरानतर्फ जादैँ गरेको को २३ प ६६०१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १ प ९२०५ नम्बरको मोटरसाइकल एकआपसमा दुर्घटना भएको हो ।
दुर्घटनामा को २३ प ६६०१ नम्बरको मोटरसाइकल चालक धरान ११ बस्ने वर्ष ३२ को विजय लामिछाने र मे १ प ९२०१ नम्बरको मोटरसाइकल चालक विराटनगर १३ बस्ने वर्ष ३२ को खगेन्द्र पौडेल घाइते भएका छन् ।
उनीहरुको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी तरहराको नियन्त्रणमा रहेको छ ।














Discussion about this post